१२ साउन, काठमाडौं । टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा सिंगापुरले नेपाललाई १९२ रनको विशाल लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो । सिंगापुरलाई विशाल लक्ष्यमा पुर्याउन टिम डेभिडले ७७ रन बनाए ।
यसैगरी रोहनले ४९ र मनप्रित सिंहले ४२ रन बनाए ।
नेपालका लागि अभिनास बोहराले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३५ रन खर्चेर चार विकेट लिए । करण केसीले २ विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्ने छ ।
प्रतिक्रिया 4