
१२ साउन, काठमाडौं । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले अहिले सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर नेपालले फिल्डिङ गरिरहेको छ ।
सिंगापुर अंक तालिकाको शीर्ष स्थानमा छ । आजको खेल विजेता टोली फाइनलमा पुग्छ र ग्लोबल छनोटमा पर्दछ । त्यसैले ग्लोबल छनोटका लागि नेपालले सिंगापुरलाई हराउनै पर्दछ ।
नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको थियो । तर, त्यसपछिका खेलमा नेपालले मलेसिया र कुवेतलाई हराउँदै अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्न लागेको हो । आज नेपाली टोलीमा कुनै पनि परिवर्तन गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4