+
+
Shares

डोटीको वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

रामहरि ओझा रामहरि ओझा
२०७६ साउन १२ गते १०:०८

१२ साउन, डोटी । डोटीको एक वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । शिखर नगरपालिका–७ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले अज्ञात समूहले शिखरनगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको जानकारी दिए । आगलागीको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगिसके पनि क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।

आगलागीबाट वडा कार्यालयको भवन पूर्ण रुपमा क्षति भएको स्थानीय टिकाराम भण्डारीले जानकारी दिए ।

आगो कसले र किन लगायो भन्ने खुलेको छैन ।

डोटीमा वडा कार्यालयमा आगजनी भएको यो तेस्रो घटना हो । यसअघि जेठ १४ गते बडीकेदार गाउँपालिका वडा नं. ४ मान्नाकापडीको वडा कार्यालयमा आगजनी भएको थियो । त्यस्तै, श्रावण ७ गते जोरायल गाउँपालिका–४ को वडा कार्यालयमा पनि आगजनी भएको थियो । यी दुवै वडा कार्यालयको आगजनीमा संलग्नको अझै पहिचान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?