
१२ साउन, हेटाैंडा । रक्त क्यान्सरबाट पीडित मकवानपुर क्रिकेट टिमका पूर्वकप्तान निरज श्रेष्ठको निधन भएको छ ।
८ महिनादेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको आइतबार काठमाडौंस्थित शहीद मेमोरियल अस्पतालमा निधन भएको हो ।
हेटौंडा-५ सानोपोखरा निवासी निरज हाल मकवानपुर क्रिकेट संघका सदस्य थिए । उनी संघको पूर्व कोषाध्यक्ष थिए । ०६०/६१ सालदेखि मकवानपुर क्रिकेट टिमको कप्तानी सम्हालेका श्रेष्ठले ४ वटा राष्ट्रियस्तरको क्रिकेट लिग खेलेकाेे मकवानपुर क्रिकेट संघका सचिव दिपेन्द्र ढकालले बताए ।
मकवानपुर क्रिकेट संघले उनको उपचारको सहयोगार्थ नेपाली क्रिक्रेट टोलिका कप्तान पारस खडकासहितको च्यारिटी क्रिकेट म्याचको आयोजना गरेको थियो ।
श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवर्धनका लागि महत्वपूर्ण योगदान गरेका थिए ।
क्रिकेट संघ मकवानपुरले एक शोक वक्तव्यमार्फत मकवानपुर क्रिकेट संघका सदस्य एवं पूर्वकोषाध्यक्ष तथा मकवानपुरको पूर्वकप्तानसमेत रहेका श्रेष्ठको निधनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाउनुपरेको जनाएको छ ।
उनकाे बुवा, आमा, दाजु र श्रीमती र एक सन्तान छन् ।
प्रतिक्रिया 4