
१२, साउन, चितवन । चितवनको माडीमा एक बालकको शव भेटिएको छ । माडी नगरपालिका-५ सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीया बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
मृतक बालक सोही वडाको राधापुरका सुदिप दराई रहेको प्रहरीले जनाएको छ । शनिवार साँझदेखि घरमा नभएका बालकको के कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान थालिएको माडीका प्रहरी नायव निरीक्षक उमेश कोइरालाले जानकारी दिए ।
दराईको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4