+
+
Shares

कक्षा १२ को परीक्षाफल आज

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १३ गते ७:३८

१३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको छ । परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको छ ।

परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाइएको छ । बोर्ड बैठकमार्फत निर्णय गराएर मात्र परीक्षाफल प्रकाशित गर्ने प्रचलनअनुरुप बोर्ड बैठक आहृवान गरिएको हो ।

विगतमा विज्ञान र अन्य विषयको परीक्षा अलग-अलग समयमा प्रकाशन गर्ने गरिएको थियो । तर, यसपटक सबै विषयको परीक्षाफल एकैपटक प्रकाशित गर्ने तयारी बोर्डले गरेको छ ।

कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो । परीक्षामा देशभरबाट सहभागी ४ लाख परीक्षार्थी परीक्षाफलको पर्खाइमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?