+
+
Shares

साढे १३ लाख नगद चोरेर फरार भएका सुरज पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १३ गते १२:२४

१३ साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले १३ लाख ५० हजार नगद चोरेर फरार भएका एकजनालाई पक्राउ गरेको छ ।

यही साउन ७ गते विराटनगर-१ का मोतीराज दाहालको घरबाट नगद चोरी फरार भएका कटहरी गाउँपालिका-१ का २० वर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका कामतबाट चोरी गरेको मध्ये ३ लाख ८१ हजार नगद र एक लाख ५ हजार पर्ने सामसुङको मोवाइलसमेत प्रहरीले बरामद गरको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको मोवाइलसमेत कामतले चोरी गरेको रकमबाटै खरिद गरेको खुलेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?