
१३ साउन, जनकपुरधाम । मोही जग्गाको लगत कट्टा गरिदिने भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा सिरहा मालपोत कार्यालयबाट सोमबार दुई जना रंगेहात पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा मिथिलेश्वर ठाकुर र लेखनदासको काम गर्ने राजबंशी चौधरी छन् ।
यी दुबैले सेवाग्राहीसँग रु ५ हजार घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले पक्राउ गरेको हो
बिशेष सूचनाको आधारमा खटिएको अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4