+
+
Shares

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १४ गते १२:१२

१४ साउन, काठमाडौं । मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको मौसमविदको भनाइ छ ।

न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् । उक्त प्रणाली नेपालसम्म आइपुग्न तीन– चार दिन लाग्ने भएकाले तत्काल मनसुन सक्रिय नहुने कँडेलको भनाइ छ ।

महाशाखाका अनुसार आज राति देशको पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली हुने सम्भावना छ । मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको पनि महाशाखाले औंल्याएको छ ।

महाशाखाका अनुसार भोलि देशभर आंशिकदेखि सामान्य बदली रहीे पश्चिमी पहाडी भागका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै, बिहीबार देशभर आंशिकदेखि सामान्य बदली हुनाका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै राति पश्चिमी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?