+
+
Shares

विषालु च्याउ खाँदा बुहारीको मृत्यु सासू सिकिस्त

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १४ गते १२:४६

१४ साउन, विराटनगर । जंगली विषालु च्याउ खादा पाँचथरमा एकजनाको मृत्यु भएको छ । विषालु जंगली च्याउ खादा विरामी परेकी फाल्गुन्नद गाउँपालिका–५ कि ४८ बर्षीया सुनीता चेम्जोङको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो ।

साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट विषालु च्याउ ल्याएका थिए । जंगली च्याउ खाएपछि दुबै जना बिरामी भएका थिए । सन्तमायाको मनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भइरहेको छ ।

गम्भीर अवस्थामा विराटनगरको बिराट नर्सिङहोममा भर्ना भएकी सुनीताको उपचारको क्रममा मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?