+
+
Shares

देशभर ८० प्रतिशतमात्रै रोपाइँ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १४ गते १९:१६

१४ साउन, काठमाडौं । मुलुकभर ८० प्रतिशत खेतमा धान रोपाई सकिएको कृषि विभागले जनाएको छ । साउन दोस्रो हप्ता सकिनै लाग्दा प्रदेश १ मा सबैभन्दा कम र सुदुर पश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई सकिएको छ ।

कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरले जारी गरेको विवरण गत वर्ष सोही अवधिमा ८१ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो ।

विवरण अनुसार प्रदेश २ मा ७४ दशमलब ५० प्रतिशत, प्रदेश ३ मा ७८ दशमलब ८३ प्रतिशत, गण्डकी र प्रदेश ४ मा ८४ प्रतिशत र कर्णाली प्रदेशमा ९२ दशमलब ४० धान रोपाइँ सकिएको छ ।

भूगोलको हिसाबले उच्च पहाडमा ८४ दशमलब ९२ प्रतिशत, मध्य पहाडमा ८० दशमलब ७८ प्रतिशत र तराईमा ७९ दशमलब ७८ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्षको तथ्याङ्क अवधिमा भन्दा यस वर्ष १.१२ प्रतिशतले रोपाइँ कम भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?