+
+
Shares

विप्लव समूहकी काठमाडौं सेक्रेटरी पूर्वसभासद पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १४ गते १९:२०

१४ साउन, काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो राजधानीबाट उपाध्यायलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए ।

कालीकाेट निवासी उपाध्याय पहिलो संविधानसभाकी सभासद समेत हुन् ।

प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गरेको हो । भृकुटी विप्लव समूहको अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव समेत हुन् ।

यसअघि पार्टीका उपत्यका ब्युरो इञ्चार्ज माइला लामा ५ साउनमा पक्राउ परेका थिए ।

लामाको पक्राउपछि विप्लव समूहले वार्तामा बोलाए जसो गरेर सरकारले दमनको नीति लिएको दाबी गरेको थियो । तर, सरकारले उनको गिरफ्तारीले कुनै वार्तामा कुनै असर नगर्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?