+

नेपालले विश्वकप छनोटका सुरुवाती ५ खेल घरेलु मैदानमा नखेल्ने

२०७६ साउन  १४ गते १९:५१ २०७६ साउन १४ गते १९:५१
नेपालले विश्वकप छनोटका सुरुवाती ५ खेल घरेलु मैदानमा नखेल्ने

१४ साउन, काठमाडौं । मैदान अभावकै कारण विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएको छ ।

यसो गर्दा कुवेतलाई फाइदा हुनेछ । उसले होम एण्ड अवे दुबै खेल आफ्नो घरेलु मैदानमा खेल्न पाउनेछ ।

अहिले नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको आकस्मिक बैठकले नेपालका होम गेम भन्दा अघि अवे खेलको व्यवस्था मिलाउन एसियाली फुटबल महासंघलाई आग्रह गरेको छ ।

एएफसीले हालै सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले भदौ १९ मा कुवेतसँग र २४ मा चाइनिज ताइपेईसँग आफ्नै घरेलु मैदानमा खेल्नुपर्छ । तर दशरथ रंगशालाको पुनर्निर्माण नसकिएकाले दुबै खेललाई अवेमा रुपान्तरण गर्न आग्रह गर्ने एन्फाको निर्णय छ ।

त्यसपछि अष्ट्रेलियासँग उसकै घरेलु मैदानमा २३ असोजमा खेल्नुपर्नेछ । २८ असोजमा हुने जोर्डनसँग होम खेल खेल्नु पर्ने हो । यसलाई अवेमा रुपान्तरण गर्न आग्रह गरिएको छ ।

मंसिर ३ मा कुवेतसँग अर्को खेल छ । १९ भदौको होमलाई अवेमा रुपान्तरण गर्दा यो खेल नेपालमा हुनुपर्ने हो ।

तर त्यसबेलासम्म पनि रंगशाला तयार नहुने भएकाले यो खेल पनि कुवेतमा नै हुनेछ । विश्वकप छनोटमा नेपालले कुवेतसँगको दुबै खेल उसकै घरेलु मैदानमा खेल्नेछ ।

यसपछिका तीन खेल भने नेपालमा हुनेछ । एसीसीको तालिकाअनुसार नेपालले १३ चैतमा चाइनिज ताइपेईसँग खेल्नेछ ।
१८ चैतमा अष्ट्रेलियाले नेपालसँग काठमाडौंमा खेल्नेछ भने २२ जेठमा जोर्डनसँग होम म्याच खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय