+
+
Shares

पहिलोपटक राजमार्गमा दुई लेनको बेलिब्रिज

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १४ गते २०:४०

१४ साउन, काठमाडौं । सडक विभागले नेपालमै पहिलोपटक राजमार्गमा दुई लेनमा सवारी चल्नसक्ने बेलिब्रिज जडान गरेको छ । पृथ्वीराजमार्ग हुँदै पोखराको मुख्य बजार पुग्ने सडक खण्डको विजयपुरमा ५० मिटर लामो बेलिबि्रज सञ्चालनमा ल्याइएको हो ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाकाअनुसार यो पुल विभागले हालसम्म सञ्चालनमा ल्याएको सबैभन्दा लामो बेलिब्रिज पनि हो ।

विजयपुरको स्टिल ब्रिज जीर्ण भएर सवारी आवागमन प्रभावित भएपछि करिब २ महिना लगाएर बेलिबि्रज जडान गरिएको हो ।

विश्वयुद्धका समयमा सैनिकहरुले नदी वारपार गर्न छिटो निर्माण गर्न सकिने गरी बेलिब्रिज प्रविधिको विकास गरेका थिए, जसलाई आजभोलि सबैजसो देशमा आकस्मिक रुपमा पुलहरुमा आउने समस्या हेरेर अस्थायी पुलका रुपमा प्रयोग गर्ने गरिन्छ । छिटो जडान गर्न सकिने र सारेर अर्को स्थानमा पनि लैजान सकिने भएकाले बि्रज उपयोगी मानिन्छ ।

यसअघि सवारीको कम चाप हुने सडकहरुमा विभागले आकस्मिक अवस्थाका लागि एक लेनको पुल जडान गर्ने गरेको थियो । यसपटक भने पोखरा जोड्ने सडकमार्गमै २ लेनको बेलिबि्रज जडान गरिएको उपमहानिर्देशक सापकोटाले जानकारी दिए ।

‘यसका कारण पोखरा जान आउ-जाउ गर्दा वर्षामा उत्पन्न हुन सक्ने जटिलता र जोखिम हटेको छ,’ उनले भने, ‘छोटो समयमै बनेको यो पुलले राजमार्गमा आकस्मिक अवस्थामा बेलिबि्रजको प्रयोग गर्दा के हुनेरहेछ भन्ने परीक्षण पनि गर्छ ।’

उनका अनुसार विजयपुरमा जडान भएको बेलिब्रिजले ३५ टनसम्म मालसामान बोकेर आएका सवारीको भारलाई थेग्छ ।

धेरै ठूलो भारवहन क्षमता यो पुलमा नहुने नभएकाले ३५ टनभन्दा बढीको भार बोक्ने सवारीलाई डाइभर्सनकै प्रयोग गराउन स्थानीय ट्राफिक प्रहरीसँग समन्वय गरिएको छ ।

शनिबारबाट यो पुसल सञ्चालनमा आएको थियो । पुलको सञ्चालनको अनुभवबारे अवलोकन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ पोखरा पुगेका थिए । यो पुल सगरमाथा/जेजे जेभीले जडान गरेको हो । पूर्वको इटहरीमा थन्किएर बसेको बेलिब्रिज विजयपुरमा ल्याएर जडान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?