
१४ साउन, जनकपुरधाम । जनकपुर उपमहानगरपालिकामा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट मुनजाई राउत गम्भीर घाइते भएका छन् ।
आफ्नो घरतर्फ गइरहेका बेला २६ बर्षीय राउतमाथि मोटरसाइकलमा आएका दुई जनाको समूहले चक्कु प्रहार गरेका थिए । पिठ्यूँमा चोट लागेका उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
राउतमाथि चक्कु प्रहार गर्नेहरुको खोजी भइरहेको रेल्वे स्टेशन प्रहरीले जनाकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4