+
+
Shares

प्रदेश २ को नाम मिथिला-भोजपुरा राख्ने कांग्रेसको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ५ गते १६:०९

५ भदौ, जनकपुरधाम । नेपाली कांग्रेसले प्रदेश २ को नाम मिथिला-भोजपुरा राख्ने प्रस्ताव प्रदेशसभामा राखेको छ ।

प्रदेशको स्थायी राजधानी जनकपुर उप महानगरपालिकाभित्र राख्नुपर्नुपर्ने उसको प्रस्ताव छ ।

प्रदेशको नाम मिथिला-भोजपुरा राख्ने प्रस्तावका प्रस्तावक कांग्रेसका सांसद नरेश कुमार यादवले छन् भने शोभा लामा र उपेन्द्र कुसवाहा समर्थक छन् ।

प्रदेशको राजधानीबारे कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रस्ताव दर्ता गराएका छन्, जसको समर्थकमा नरेश कुमार यादव, उपेन्द्र प्रसाद कुसवाहा र सरस्वती चौधरी छन् ।

प्रदेश २ सभामा कांग्रेसका १९ जना सांसद छन् ।

यसअघि नेकपाले प्रदेशको नाम जानकी र प्रदेशको राजधानी जनकपुर परिक्रमा मार्गसहित पुरै धनुषालाई बनाउने प्रस्ताव दर्ता गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?