
शुक्रबार नेपाली दूतावासको सभाहलमा सम्पन्न निर्वाचनमा मुक्तादा मुसलमान अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी तेज कटुवाललाई ९४० मत अन्तरले पराजित गर्दै सन् २०१९-२१ का लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
अध्यक्ष मुसलमानले २०६६ मत पाएका छन् भने तेज कटुवाल ले ११२६ मत पाए । प्रथम उपाध्यक्षमा उत्तम गुरुङ, द्वितीय उपाध्यक्षमा टककुमार खडका महिला उपाध्यक्ष सरीता भण्डारी पौडेल, महासचिवमा पदम गिरिी, सचिबमा नेत्र कुमार भुजेल र अफसर अलि खान तथा कोषाध्यक्षमा बिनोद प्रसाद बसौला चयन भए ।
सहकोषाध्यक्षमा मोहम्मद तनबिर रोजा, एनसीसी युवा संयोजकमा रबिन मगर, महिला संयोजकमा अम्बिका खत्री निर्वाचित भएका छन् । आईसीसी सदस्यमा होमनाथ शर्मा, रमेश भट्ट, कृष्ण बहादुर हमाल र महिला संयोजकमा अम्बिका खत्री चुनिए ।
लेखा समिती र सदस्य पदको मत गणना जारी रहेको छ । राष्ट्रिय समन्वय समितिको कार्यसमितिमा निर्वाचित हुनेमध्ये मुक्तादा प्यानलका रहेका छन् ।
कुल ४१ सय ३४ मतदातामध्ये ३४ सय २० जना मतदान प्रकृयामा सहभागी भएका थिए ।
-सरोज बास्तोलाबाट
प्रतिक्रिया 4