+
+
Shares

साइबर क्राइमको मुद्दा लागेका पत्रकार गिरीले पाए सफाइ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते १८:४५

८ भदौ, पोखरा । साइबर क्राइमकोमुद्धा लागेका पोखराका पत्रकार अर्जुन गिरीले सफाइ पाएका छन् । जग्गा कारोबारमा ठगीबारे समाचार लेखेका ताण्डव न्युज डटकमका सम्पादक गिरीलाई व्यवसायी विपेन्द्रराज बतासले साइबर क्राइमको मुद्धा हालेका थिए ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले आइतबार गिरीलाई सफाइ दिएको हो । ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा २ जनाले जाहेरी दिएपछि गिरीले त्यसैका आधारमा समाचार लेखेका थिए । त्यसकै आधारमा २०७६ वैशाख २ गते पक्राउ परेका गिरी साधारण तारेखमा छुटेका थिए ।

ठगीको आरोपलाई समाचार बनाउँदा गिरी पक्राउ परेपछि पत्रकार महासंघको आह्वानमा देशभर पत्रकार आन्दोलनमा उत्रिएका थिए । गिरीले ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युज डट कका सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?