
१० भदौ, काठमाडौं । निरन्तर उकालो लाग्दै आइरहेको सुनको मूल्यमा मंगलबार नौ सय रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार खुलेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै सोमबार ७३ हजार २ सय पुगेको तेजावी सुनको मूल्य मंगलबार ७२ हजार ३ सयमा झरेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँले स्थिर छ । सोेमबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य नेपाली सुनचाँदी व्यवसाय इतिहासकै सबैभन्दा धेरै भएको व्यवसायीहरुले बताएका छन् ।
पछिल्लो दुई महिना अवधिमा सुनको भाउ प्रतातोला झण्डै १० हजार रुपैयाँ बराबरले बढी सकेको छ । बढ्दो मूल्यका कारण पुराना सुन बिक्री गर्न आउने ग्राहकको संख्या बढे पनि नयाँ गहना किन्नेहरु नभएको व्यवसायीहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4