+
+
Shares

सांसदको प्रश्न : वडाध्यक्ष रोजगारीमा कोरिया गए, उपचुनाव हुन्छ कि हुँदैन ?

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १० गते १८:०१

१० भदौ,काठमाडौं । जनताको सेवा गर्छु भनी भोट लिएर चुनाव जितेका जनप्रतिनिधि देशै छाडेर हिँडे भने कानुनले के भन्छ ? खाली रहेको पदमा उपचुनाव हुन्छ कि हुँदैन ?

यो प्रश्न सर्वसाधारणले होइन सांसदले प्रतिनिधिसभामा उठाएका हुन् । संखुवासभाको खाँदवारी नगरपालिका वडा नम्बर ५ का निर्वाचित वडाध्यक्ष बलहादुर घले वैदेशिक रोजगारीका लागि कोरिया गएपछि सांसद राजेन्द्र गौतमले मंगलबार संसदमा यो प्रश्न गरे ।

घले ईपीएस कोटाबाट कोरिया गएपछि वडा सदस्यलाई कार्यवाहक जिम्मेवारी दिइएको छ । संखुवासभाबाट निर्वाचित सांसद गौतमले आगामी मंसिर १४ गते हुने उपचुनावमा सो वडामा वडाध्यक्षको चुनाव हुन्छ कि हुन्न भनी प्रश्न गरे ।

गौतमले भने–जनताको सेवा गर्छु भनी जनताको निर्वाचित भएका जनप्रतिनिधिले देशै छाडेर आफ्नो जिम्मेवारीबाट भाग्दा कानुनले के भन्छ ? कानुन अनुसार मृत्यु भएमा वा अन्य कारणले रिक्त रहेमा उपचुनाव हुने भनिएको छ । अब त्यो पद खाली हुन्छ कि हुन्न ? सरकार र निर्वाचन आयोगले प्रष्ट पारोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?