+
+
Shares

प्रदेश २ मा एक महिनामै २७ प्रहरीलाई कारवाही, ३९ पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १० गते २०:०४

१० भदौ, जनकपुरधाम । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले गलत काम गर्ने प्रहरीलाई कारवाही गर्न आफ्नो हात नकाँप्ने बताएका छन् ।

प्रदेश २ को प्रहरी प्रमुख भएर आएको करिब दुई महिनापछि मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै कार्कीले गल्ती गर्ने र आचरण विरुद्व काम गर्ने प्रहरीलाई कारवाही गरिने बताए ।

‘गलत गर्नेलाई कारवाही गर्दा मेरो हात काँप्दैन,’ कार्कीले भने, ‘पछिल्लो साउन महिनामा मात्रै २७ जना प्रहरीलाई कार्वाही गरिएको छ ।’

उनले चालू आर्थिक बर्षको साउन महिनामा मात्रै गलत काम गर्ने २७ जनालाई कारवाही गरिएको बताए ।

डिआइजी कार्कीका अनुसार आर्थिक बर्ष २०७५/०७६ मा प्रहरीको आचरण विरुद्व काम गर्ने प्रदेशभित्रका ३ सय ४७ जना प्रहरीलाई कारवाही गरिएको छ ।

आचरण विरुद्ध काम गर्नेलाई निलम्वनदेखि बर्खास्तसम्मको कार्वाही गरिएको उनले बताए । कारवाहीमा पर्नेमा प्रहरी जवानदेखि डिएसपीसम्मका भएको उनको भनाई छ ।

कार्कीले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने अभियान समेत चलाएको बताए । उनले पछिल्लो साउन महिनामा राम्रो काम गर्ने ३९ जना प्रहरीलाई पुरस्कृत गरिएको बताए ।

‘बर्दी र पदको आड्मा जोसुकैले गल्ती गर्न पाउँदैन्’ उनले भने, “प्रहरी मात्र नभई पदको दुरुपयोग गर्ने जोकोहीलाई पनि छाडिन्न ।”

प्रहरीभित्र आचरण विरुद्धका गतिविधी नियन्त्रण गर्न आन्तरिक शुद्धिकरण अभियान चलाउने बताउँदै उनले लागूऔषध, खुल्ला मदिरा नियन्त्रण गर्ने आफूहरुको कार्ययोजना रहेको सुनाए ।
आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी आफ्नो ठाउँबाट सक्रिय रहेको बताउँदै उनले यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

समाज र प्रहरी पानी र माछा जस्तै सम्बन्धको भएको भन्दै उनले समाजले सहयोग नगरेसम्म प्रहरी पानी बिनाको माछा बन्ने दृष्टान्त सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?