+
+
Shares

प्रेस युनियनको महाधिवेशन मंसिर २८ र २९ गते

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ११ गते १४:०४

११ भदौ, काठमाडौं । कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको महाधिवेशन आगामी मंसिर २८ र २९ गते हुने भएको छ ।

युनियनको पदाधिकारीको बैठकले मंसिर २८ र २९ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

जिल्ला अधिवेशन भदौ महिनाभित्र सक्ने र मंसिर अन्तिममा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए ।

पदाधिकारी बैठकको यो निर्णयलाई काठमाडौंमा बुधबार साँझ बस्ने कार्यसम्पादन समितिको बैठकले अनुमोदन गर्ने उनले बताए ।

नेपाल प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?