
११ भदौ, गुल्मी । अपराध नियन्त्रण गर्नको लागि भन्दै गुल्मीको सदरमुकाम तम्घास बजारमा सीसी टिभी क्यामरा जडान गरिएको छ । जिल्ला सदरमुकाम तम्घास बजारका अति संवेदनशील स्थानमा सीसी टिभी जडान गरिएको हो ।
जडान गरिएका सीसी टिभी क्यामराको प्रदेश ५ का मुख्यन्त्री शंकर पोखरेलले नियन्त्रण कक्षको उद्घाटन गरेका हुन् ।
प्रदेश ५ आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग र जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीको सक्रियतामा जडान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयमा राखिएको नियन्त्रण कक्षको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रविधिको प्रयोगसँगै अपाराध नियन्त्रणमा महत्पूर्ण भूमिका राख्ने बताए ।
प्रदेश सरकारले १२ वटै जिल्लामा सीसी टिभी राख्ने उदेश्य अनुरुप ११ वटा जिल्लामा सञ्चालन भएको बताए ।
आगामी वर्ष पनि आवश्यकता हेरिकन सीसी टिभी जडानको लागि निरन्तरता दिने बताए । प्रविधिको उच्चतम प्रयोगले सुरक्षा निकायलाई अपराध नियन्त्रण गर्न र तथ्य प्रमाण संकल गर्न सीसी टिभीले सहयोग पुग्ने मुख्यमन्त्री पोखरेलले बताए ।
अपराध नियन्त्रण, सुशासनकै सन्र्दभमा यो प्रविधिको प्रयोग आवश्यक रहेको बताए । हाल जडान भएका सीसी क्यामराबाट बजारका बिभिन्न गतिबिधि हेर्न र लिनको निम्ति अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउन सहज हुने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपक कुमारले बताए ।
बजार क्षेत्रका शंबेदनशिल स्थानमा जडानसँगै अपराध नियन्त्रण गर्न प्रभावकारी हुने बस्नेतले बताए । सीसी टिभीको नियन्त्रण कक्षबाट सुरक्षा कर्मीले दिन रात निगरानी गरिरहने र मान्छे जम्मा भएकाले देखे चेक जाँच गर्न जाँदा स्थानीयले पनि सुरक्षा निकायको उपस्थितिले सुरक्षित महसुश गरेको पाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
बजार क्षेत्रमा सिसी क्यामरा जडानसँगै शहरी क्षेत्रमा शान्ति सुरक्षा व्यवस्था र व्यवसायीहरुलाई पनि ढुक्कसँग व्यवसाय गर्न मद्दत मिल्ने तम्घासका व्यवसायी जनक पन्थले बताए ।
बजारमा राखिएका सीसी टिभी क्यामराले अपराधी पत्ता लगाउन यसले महत्वपूर्ण सहयोग गर्ने भएकाले बजारका अरु धेरै ठाउँमा राख्नु पर्ने पन्थले जोड दिए ।
हाल बजारका अति शंवेदनशील स्थानका ८ वटा ठाउँमा जडान भएको छ । बजार क्षेत्रमा जडाभएता पनि यसको सबै हेर्न मिल्ने गरि नियन्त्रण एवं प्राबिधिक कक्ष जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको छ ।
बजार क्षेत्रमा जडान भएका सीसी टिभी क्यामराहरु उच्च प्रबिधिका भएकाले कुन मान्छे कता गयो सजिलैसँग चिन्न सकिने गरि कैद हुनेछ । बजारका बिभिन्न २५ वटा स्थानमा राख्नको निम्ति तयारी पनि भइरहेको छ ।
त्यसको निम्ति सदरमुकाम तम्घासमा रहेका ४५ वटा बैंक तथा बिभिन्न बित्तीय संघसंस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
संस्थाहरुले प्रतिबद्धता जनाएका अनुसार बैंकहरु २५ हजारका दरले र अन्य संघ संस्थाले संस्थाको अवस्था हेरिकन सहयोग गर्ने प्रतिबद्धता जनाएको छन् ।
प्रतिक्रिया 4