
१२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबार स्थगित बैठक बिहीबार बस्न लागेको हो । नेता पौडेलमा ग्यास्टिकलगायतका समस्या देखिएपछि उनले बैठकमा सहभागी हुन नसक्ने जानकारी बुधबार गराएका थिए ।
बैठकमा पार्टीका भातृ तथा शुभेच्छुक संस्थाबारे छलफल गर्ने एजेन्डा रहेको नेताहरूले बताएका छन् । कांग्रेसका सबै भातृसंस्था विधानअनुसार समय सकिएपछि यतिबेला निस्त्रिmय अवस्थामा छन् । यसबारे आज बस्ने बैठकमा गहन छलफल गर्ने कार्यसूची छ ।
बैठकमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान र एकता प्रक्रियामा आएका विजय कुमार गच्छदार समूहका नेताहरुको जिम्मेवारी तोक्नेबारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4