
१२ भदाै, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ चुनपहरामा आज (बिहीबार) बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखराबाट काठमाडाैंतर्फ जाँदै गरेको बा१य १३९७ नम्बरको कारले पैदलयात्री परियारलाई ठक्कर दिएपछि सख्त घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
ठक्कर दिने कार र चालक प्रहरी नियन्त्रणमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4