+
+
Shares

सरिता गिरीद्वारा नेपाल भुटान संसदीय मैत्री समूहको संयोजक पद अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १२ गते १८:०२

१२ भदौ,काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपाल भुटान संसदीय मैत्री समूहको संयोजक पद अस्वीकार गरेकी छन् ।

वैवाहिक अंगीकृत नागरिक भएकै कारण आफूलाई संविधानले नै विभाग गरेको भन्दै उनले यो पद अस्वीकृत गरेकी हुन् । यो पदमा मनोनित गर्नु आफूलाई विशेष सम्मान भए पनि संविधानले नै विभेद गरेकाले आफू अनुपयुक्त भएको उनको तर्क छ ।

पञ्चालय कालमा आफूले वैवाहिक अंगीकृत नागरिकता बनाउँदा राजनीतिक अधिकार बराबरी भएको र ०४६ र ०६३ को संविधानले पनि त्यसलाई कायम राखेको स्मरण गरिन् ।

तर ०७२ को संविधानले त्यो अधिकार कटौती गरेको र तिमी फरक नागरिक छौं भनेको भनेको उनले बताइन् ।

बिहीबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले भनिन्, ‘नेपाल मेरो देश हो, मेरो घर हो । तर विश्व राजनीतिको रंगमञ्चमा नेपालको प्रतिनिधित्व गर्न कुनै न कुनै छेकबार छ ।’

गुमाएको अधिकार प्राप्त नहुँदासम्म पार्टी र जनताले दिएको बाहेक कुनै पनि पद नलिने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?