
१२ भदौ, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुर्याललाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न सांसद पुष्पा भुसालले माग गरेकी छन् ।
प्रतिष्ठान बचाउ अभियानका प्रतिनिधिहरुले रजिष्ट्रार प्याकुर्यालमाथि बुधबार कार्यकक्षमै दुर्व्यवहार गरेका थिए ।
संसदमा सोही विषयबारे बोल्दै कांग्रेस संसदीय दलकी सचेतक समेत रहेकी भुसालले दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेकी हुन् ।
‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ ११ गते रजिष्ट्रारलाई हातपात गरेर अप्ठ्यारो स्थिति सिर्जना गरिएको छ । किटानी जाहेरी गरिएपनि कानुनी कारबाहीको कठघरामा ल्याउन त्यहाँको प्रहरीले सकेको छैन । म ध्यानाकर्षण गराउन चाहन्छ,’ उनले भनिन् ।
सांसद भुसालले वैधानिक ढंगबाट नियुक्त भएको व्यक्तिलाई भय सिर्जना गरेर राजीनामा दिन बाध्य गारउन खोजिएको भन्दै यस्ता कार्य बन्द गराउन माग गरिन् ।
प्रतिष्ठानका पदाधिकारीहरु कांग्रेसले नियुक्त गरेको नाममा अहिले सुत्केरी भत्तासमेत कटौती गरिएको भन्दै उनले सहयोग रोकेर सरकारले खेलवाड गरेको बताइन् ।
यो पनि पढ्नुहोस-‘आन्दोलनको तरिकै भएन, डराएर पद छाड्दिनँ’
यो पनि पढ्नुहोस-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ९ डाक्टर बर्खास्त
यो पनि पढ्नुहोस-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुद्वारा सामूहिक राजीनामा
यो पनि पढ्नुहोस-डाक्टरको सामूहिक राजीनामापछि आफैं विरामी जाँच्दै उपकुलपति भण्डारी
यो पनि पढ्नुहोस-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान नबनाउन प्रधानमन्त्रीको चेतावनी
प्रतिक्रिया 4