
१२ भदौ, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपाली संस्कृति र चाडपर्वहरु अपहरण भइरहेको बताएका छन् ।
बुटवलमा विहीबार आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री बरालले पश्चिमा संस्कृतिलाई बढी महत्व र स्थान दिने पछिल्लो शैलीले नेपाली मौलिक पर्वहरु विस्तारै लोप हुने अवस्थामा पुगेको बताए ।
उनी भन्छन् ‘हाम्रा मौलिक संस्कृति र चाडपर्वहरु मौलिक शैलीमा नभई अपहरण शैलीमा मनाइँदैछन्, हरेक पर्वको आफ्नै महत्व र मनाउने शैली हुन्छ, सोही अनुसार मनाउनु पर्दछ ।’
‘केही भुँइफुट्टा वर्गले हाम्रा चाडपर्वलाइ अपहरण गरिरहेका छन्, हामीले अब यसलाई रोकेर मौलिक ढंगले मनाउनुपर्छ, लोप हुन दिनुहुँदैन । ’
तीज मौलिक, सांस्कृतिक तथा सामाजिक पर्व भएकाले सबैले आ–आफ्नै स्थान र हैसियत अनुसार मनाउनु पर्नेमा उनले जोड दिए । उनले एक वर्गले तीज मनाउदा अर्काे समुदायलाई असर गर्न नहुनेमा मन्त्री बरालको जोड छ ।
प्रतिक्रिया 4