+
+
Shares

प्रहरीले किशोरलाई कुटेको भन्दै जनकपुरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १२ गते १८:४५

१२ भदौ, जनकपुरधाम । जनकपुरधाममा नरिवल बेचेर गुजारा चलाउँदै आएका एक बालकलाई प्रहरीले कुटपिट गरेको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

जानकी मन्दिरको उत्तरट्टी जानकी चोकमा नरिवल बेच्दै आएका १६ वर्षीय रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले बिहीबार दिउँसो कुटपिट गरेको स्थानीयले बताएका छन् ।

रोशनले आफूसँग प्रहरी जवान यादवले रकम मागेको र नदिएपछि कुटेको बताएका छन् ।

बालकलाई कुटपिट गरेको भिडियो खिच्ने स्थानीय सुशील कर्णलाई समेत प्रहरीले कुटेको भन्दै उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।

जानकी चोकमा सडक अवरुद्व गरी टायर बालेर प्रदर्शन गरेका स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय, धनुषा अगाडि पनि प्रदर्शन गरेका छन् ।

स्थानीयहरुले बालक चौधरी र कर्णलाई कुट्ने प्रहरीलाई कार्वाही हुनुपर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?