+
+
Shares

नगर प्रमुखको तस्वीरको स्वरुप विगार्नेलाई कारवाही गर्न समाजवादी पार्टीको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १२ गते १९:०७

१२ भदौ, वीरगञ्ज । लामखुट्टेको शरीरमा वीरगञ्ज महानगरपालिकाका प्रमुखको फोटो जोडेर प्रदर्शन गर्ने कार्यमा संलग्नलाई कानुन अनुसार कडा कारवाही गर्न समाजवादी पार्टीले माग गरेको छ ।

समाजवादी पार्टी पर्साका कार्यवाहक अध्यक्ष रामनरेय यादवले विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै गैर राजनीतिक क्रियाकलापको छानविन गर्न बनेको अपराध संहितामा भएको व्यवस्था अनुसार दोषीलाई कडा कारवाही गर्न माग गरेका हुन् ।

यादवले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय जनता पार्टी नगर समिति वीरगञ्जले विरोध प्रदर्शनको बाहनामा नगरप्रमुख सरावगीको फोटोलाई लामखुट्टेको शरीरमा फोटो जोड्ने कार्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

कानुनलाई हातमा लिएर अराजक गतिविधि उत्पन्न गराउन खोजेको राजनीतिक दल तथा राजनीतिक दलका केही अराजक प्रवृत्तिका व्यक्तिहरु समेतलाई कानुनको दायरमा ल्याइ दलीय आचरण तथा संवैधानिक संसदीय परम्परालाई पालना गराउन सो पार्टीले भनेको छ ।

विरोधको बाहनामा कुनै पनि राजनीतिक दल र व्यक्तिले फेरि पनि यस्तै अराजक तथा असंवैधानिक गतिविधि गरेमा समाजवादी पाटीर्ले प्रतिवादमा उत्रने चेतावनी समेत दिएको छ ।

नेपालको संविधान अनुसार सार्वजनिक पदमा रहेका जनप्रतिनिधिहरुको कामप्रति टिका टिप्पणी तथा विरोध गर्न पाउने कानुनी अधिकार भएपनि लामखुट्टेको शरीरमा नगर प्रमुखको फोटो जोड्ने कार्य नगरप्रमुख सरावगीको चरित्र हत्या गर्ने, व्यक्तिगत आचरणमाथि कुठाराघात गर्ने र मानमर्दन गर्ने उदेश्यले आएको ठहर सो पार्टीले गरेको छ ।

महानगरपालिकाका प्रवक्ता सन्तोष तिवारीले पनि विहीबार नै एक प्रेस विज्ञप्ती जारी गर्दै नगर प्रमुखको तस्वीरको स्वरुप विगारी सार्वजनिक गर्नु गैरकानुनी, अराजनीतिक र गैरसंवैधानिक हर्कत भएको बताएका थिए ।

राष्ट्रिय जनता पार्टी नगर समिति वीरगंजले बुधबार वीरगञ्जमा गरेको विरोध प्रर्दशनको ब्यानरमा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको फोटोलाई लामखुट्टेको शरीरमा जोडेर ब्यानर बनाइएको थियो ।

यसैबीच राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति पर्साका संयोजक जगदीश पटेलले एक प्रेस विज्ञप्ती जारी गर्दै वीरगंजमा नगरप्रमुखविरुद्ध बुधबार भएको प्रदर्शन राजपा पर्साको आधिकारिक कार्यक्रम नभएको बताएका छन् ।

राजपाको झण्डा र ब्यानारमा नगर प्रमुखको फोटोको स्वरुप विगारेर गरिएको प्रदर्शन गैर राजनीतिक र भ्रामक भएको पटेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?