
१२ भदौ, जनकपुरधाम । जानकी मन्दिर प्राङ्गणमा नरिवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही हुने भएको छ ।
पर्यटक प्रहरी इन्चार्ज असई विरेन्ऽ यादव र प्रहरी जवान प्रेमशंकर यादवलाई कार्वाही प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरी प्रमुख शेखर खनालले भने ‘तत्काल स्पष्टिकरण सोधेका छौं । स्पष्टिकरण बुझाएपछि कसुर अनुसारको कारवाहीका लागि प्रक्रिया अगाडि बढाइनेछ ।’
जानकी चोकस्थित फुटपाथमा नरिवल बेच्ने १६ बर्षीय रोशन चौधरीलाई प्रहरी जवान यादवले कुटपिट गरेका थिए । रकम मागेको र नदिएपछि यादवले कुटपिट गरेको बालकले बताए ।
बालकलाई कुटपिट गरेको भिडियो खिंच्ने सुशील कर्णलाई समेत प्रहरीले कुटपिट गरेका थिए । घटनाको विरोधमा स्थानीयबासीले टायर बालेर प्रदर्शन गर्नुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि समेत प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।
प्रतिक्रिया 4