
१३ भदौ, काठमाडौं । मानवअधिकारवादी संस्था र नागरिक समाजले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।
अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसको अवसरमा शुक्रबार संयुक्तरुपमा प्रेस वक्तव्य जारी गर्दै उनीहरुले अविलम्ब अनुसन्धान प्रक्रिया अघि बढाइ मानवअधिकार उल्लंघन गर्नेलाई कानुनी कठघरामा ल्याउन माग गरेका हुन् ।
माओवादी जनयुद्धका क्रममा एक हजार ४०० बढी नागरिक बेपत्ता भएको अनुमान छ । बृष्तृत शान्ति सम्झौतामा बेपत्ता पारिएकाहरुको अवस्था ६० दिनभित्र अनुसन्धान गरी सार्वजनिक गर्ने प्रतिबद्धता थियो । तर, १३ वर्ष पुगिसक्दा पनि उनीहरुको अवस्था अज्ञातै छ ।
विज्ञप्तिमार्फत यस्ता अन्तर्राष्ट्रिय कानून अन्तर्गतका अपराधहरुमा माफी दिने वा सिफारिस गर्ने अधिकार भएको संयन्त्र स्थापन नगर्न आहृवानसमेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4