+
+
Shares

एनसेलबारे सर्वोच्चको फैसला संसदीय समितिले अध्ययन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १३ गते १२:४८
Photo Credit : फाइल तस्वीर

१३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर विवादबारे सर्वोच्च अदालतले भदौ ९ गते गरेको फैसला अध्ययन गर्ने भएको छ ।

समितिको शुक्रबार बसेको बैठकमा सांसदहरुले एनसेलले तिनुपर्ने करबारे सर्वोच्चले सुनाएको फैसलाबारे अधययन गर्नुपर्ने बताएका थिए ।

सांसदहरुको धारणा सुनपछि समितिका सभापति कृष्णभक्त पोखरेलले भने, ‘न्यायपालिकालाई संसदीय समितिले यस्तो फैसला गर भन्न त सक्दैन । उसको फैसलामाथि प्रश्न उठाउने भन्ने पनि होइन । तर, जनचासोको विषय भएर आएपछि समितिले सर्वोच्चले गरेको फैसलाहरुमा अध्ययन गर्न सक्छ ।’

सभापति पोखरेलले अर्को बैठकमा सांसदहरु एनसेल कर छुटबारे सर्वोच्चको फैसलाबारे थप छलफल गर्ने बताए । भदौ ९ गते सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले गत वैशाखमा निर्धारण गरेको कर बदर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?