+
+

पाल्ने भनेर दैलेख लगेका २३ गाई मृत भेटिए, १५० भन्दा बढी बाटोमै अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १३ गते १३:३५

१३ भदौ, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको कान्जी हाउसबाट दैलेख लगिएका २३ वटा गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कट्कुवामा मृत भेटिएका छन् ।

बिहीबार राति ८ वटा ट्रकमा लगिएका दुई सय ९१ गाईमध्ये २३ वटा मरेका छन् भने अरु धेरै गाई सडक र जंगलमा अलपत्र अवस्थामा छन् । कर्णाली प्रदेशका प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले २३ वटा गाई मृत अवस्थामा भेटिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘त्यहाँ अझै १५० गाइवस्तु जीवितै छरपस्ट छन् ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले दैलेखका किसानले पाल्छु भनेकाले गाई लैजान अनुमति दिएको बताए । ‘यहाँ कान्जी हाउसमा धेरै गाईहरु थिए, खाने कुरा पुर्‍याउन पनि समस्या भएको थियो, किसानहरुले पाल्छु भनेकाले लैजान अनुमति दिएका हौं’ उनले भने ‘बाटोमा केही गाई म¥यो भन्ने सुनेका हौं, यसबारे धेरै जानकारी छैन ।’

 

एक अनुसन्धान अधिकृतले भने, ‘प्रहरीले ५ वटा शंकास्पद गाडीलाई समेत नियन्त्रणमा लिइसकेको छ ।’ घटनामा संलग्न हुनसक्ने व्यक्तिको पनि खोजी भइरहेको प्रहरी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?