
१३ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको रानीघाटमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।
सखुवाप्रसौनी गाउँपालिका–२ प्रसौनी घर भई वीरगजमा डेरा गरी बस्दै आएका लालबहादुर दासको श्रीमती ३६ बर्षिया रोमा देवी दासको करेन्ट लागेर मृत्यु भएको हो । घरमै रहेको कलधारामा जडान गरिएको मोटरबाट करेन्ट सर्ट भई उनलाई करेन्ट लागेको थियो ।
गम्भिर घाइते अवस्थामा नारायणी उपक्षेत्रिय अस्पताल पुर्याएको थियो । अस्पतलमा उपचारको क्रममा उनको निधन भएको नारायणी अस्पतालस्थित प्रहरी बिटले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4