
१३ भदौ, काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सुर्खेतको जंगलमा गाई मृत भएको घटना अनुसन्धान गर्न गृह मन्त्रालयलाई पत्राचार गरेका छन् ।
उनले गृहमन्त्री रामबहादुर थापालाई पत्र लेखी सामूहिक रुपमा गौहत्या गरिएको भनी स्थानीय जनताबाट अभिव्यक्ति र आक्रोश आएको भन्दै अविलम्ब सम्बन्धित निकाय र जिम्मेवार पक्षमाथि छानविन र कारवाही गर्न ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय जनावरको उचित व्यवस्थापन र संरक्षण हुनुपर्नेमा सामूहिक रुपमा गाईलाई भीरबाट खसालेर मार्ने कार्य अन्यन्तै घृणित र अमानवीय भएका भन्दै मन्त्री राईले उक्त कार्यमा संलग्नलाई कडा कारवाही गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय जनावरको रुपमा रहेका गाईको उचित व्यवस्थापन र संरक्षण गर्न लागि सांसद विकास कोषबाट एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको स्मरण गर्दै मन्त्री राईले भने, ‘गाईको संरक्षणमा सरकार गम्भीर छ ।’
छाडा चौपायाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारको भएकाले नेपालजञ्ज उपमहानगरपालिकाले गाईको उचित व्यवस्थापन र संरक्षणमा ध्यान दिनुपर्ने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4