
२४ भदौ, काठमाडौं । नेपाली सेनाले पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक गरेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा नेपाली सेनाले उनको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
नेपाली सेनामा यसअघि प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थिएन । तर संगठनमा सुधार अभियान थालेका थापाले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्न लगाएका हुन् ।
थापाको काठमाडौं महानगरपालिका २६ मा घर छ भने काठमाडौं, नवलपरासी र लमजुङमा केही पैत्रिक र केही आफूले किनेको जग्गा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
यस्तै ५५ तोला सुन, ५९० तोला चाँदी, करिब १० लाख रुपैयाँको हार रहेको थापाले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
आफ्नो र श्रीमतीको नाममा बैंक ब्यालेन्स, विभिन्न कम्पनीको सेयर र वित्तीय संंस्थाको ऋण पनि थापाले सम्पत्ति विवरणमा खुलाएका छन् ।
प्रतिक्रिया 4