
२६ भदौ, चितवन । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि निर्माण व्यवसायी संघ चितवनले १० लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
संघको २६ औं साधारणसभा तथा अधिवेशनको अवसर पारेर सो रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद घिमिरेले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र वडानम्बर ७ का वडाध्यक्ष राजेन्ऽमणि काफ्लेलाई चेक हस्तान्तरण गरे ।
धुर्मुस-सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा क्रिकेट रंगशाला निर्माणको काम अघि बढाएको छ ।
अहिले रंगशालाको डिपिआर बनाउने काम भैरहेको छ । यस्तै संघले १ लाख रुपैयाँ कालिका नगरपालिका १० को राष्ट्रिय माविलाई सहयोग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4