
१३ असोज, काठमाडौं । पार्किङ गरिराखेको गाडी तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३१ शंखमुलमा पार्किङ गरी राखेको बा४ख २०५६ नम्बरको माइक्रोबस (हाइस) तोडफोडमा संलग्न गोरखा मैलुङ गाउँपालिका-८ घर भइ काठमाडौं बालाजु बस्ने २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारीका २२ वर्षीय हिमाल खड्का पक्राउ परेका हुन् ।
मादक पदार्थ सेवन गरेर माइक्रोबस तोडफोड गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
तोडफोडबाट गाडीको अगाडि र दाहिने साइडको सीसामा क्षति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4