
१३ असोज, कैलाली । जिल्ला प्रहरी कार्यालय बाजुराले जुवातास खेलिरहेको अवस्थामा नेकपा बाजुराका नगर कमिटी सचिव चन्द्र थापासहित ६ जनालाई पक्राउ गरेको छ ।
बडिमालिका नगरपालिका-९ मार्तडी बजारमा रहेको रोयल होटेलममा जुवातास खेलिरहेको सूचना पाएलगत्तै सोमबार ११ बजे बिहान प्रहरीले होटलमा छापा हानेको थियो ।
साेही ठाउँबाट होटल संचालक अन्तिम शाह, स्वामी कात्तिक गाउँपालिका-२ का हिक्मत बुढा, सोही ठाउँका धिरेन्द्रबहादुर शाही, रनदीप बुढा र जगन्नाथ गाउँपालिका-४ का जगत भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट नगद ३० हजार ७७० रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटले जानकारी दिए ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान सुरु गरिएको उयनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4