
१३ असोज, काठमाडौं । साझा पार्टीको युवा संगठनले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिट तनहुँमा कांग्रेस नेता डा. मिनेन्द्र रिजालमाथि भएको अवरोधको विरोध गरेको छ । उक्त घटनाले लोकतन्त्रको उपहास भएको भन्दै साझा युवा संगठनले सरकार सञ्चालन गर्ने दलकै नेताको आह्वानमा यस्ता घटना भएको आरोप लगाएको छ ।
‘सामान्य राजनीतिक संस्कारलाई समेत ख्याल नगरी सरकार र सत्ताधारी पार्टीका कार्यकर्ताको नेतृत्वमा घटाइएका यस्ता मध्ययुगीन आक्रमणले लोकन्तन्त्रमाथि कालो ग्रहण लगाएको छ भने समाजलाई थप त्रसित र आतंकित पारेको छ’ महासचिव सरोज गौतमले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
साझा युवा सङ्गठनले उक्त घटनालाई बर्बरतापूर्ण रहेको भन्दै ती घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । शनिबार नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको थियो भने आइतबार नेकपाका कार्यकर्ताले तनहुँमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाललाई गाउँपालिकाको भवन शिलान्यास गर्न जाँदा अवरोध गरेका थिए ।
प्रतिक्रिया 4