+
+
Shares

डडेल्धुरामा ३१ प्रतिशत जनता आधारभूत खानेपानीबाट वञ्चित  

रासस रासस
२०७६ असोज १३ गते १४:२७

१३ असोज, अमरगढी ।  डडेल्धुरा जिल्लाका करीब ३१ प्रतिशत जनता आधारभूत खोपानीबाट वञ्चितीकरण हुनुपरेको छ । जिल्लामा हाल कायम रहेको सात वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका र दुई नगरपालिकाको तथ्याङ्कले गत आर्थिक वर्षसम्म ३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित रहेको देखाएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका अनुसार जिल्लाका ७९ दशमलव १७ प्रतिशत जनसङ्ख्याले आधारभूत खानेपानीको उपभोग गर्न पाएका छ । जिल्लाको २८ हजार ४३४ घरधुरीमध्ये १९ हजार ६६९ घरधुरी मात्र आधारभूत खानेपानीबाट लाभान्वित भएको कार्यालयले जनाएको छ ।

जिल्लाको सदरमुकाम रहेको अमरगढी नगरपालिकामा २६ प्रतिशत घरधुरीले आधारभूत खानेपानी नपाएको कार्यालयले जनाएको छ । आगामी पाँच वर्षभित्र जिल्लालाई पूर्णरूपले आधारभूत खानेपानी पुर्‍याउने अभियानमा रहेको कार्यालयका डिभिजन प्रमुख रवीन श्रेष्ठले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?