+
+
Shares

१५ हजार घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १८:०८

१३ असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १५ हजार घुससहित एक जना प्रहरी नायव निरीक्षकलाई रुपन्देहीबाट सोमबार नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय मंगलापुर रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जिसीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा बुटवलबाट खटेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

बिमा रकमका लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरेको सूचना पाएपछि अख्तियारको टोली कार्यालय परिसरमा नै पुगेर जिसीलाई घुस रकमसहित नियन्त्रणमा लिइएको उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?