+
+
Shares

ओली सरकार शाहीकालको मण्डले जस्तो : खाँड

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १८:२९

१३ असोज, जनकपुरधाम । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले वर्तमान सरकार निरंकुशताको पराकाष्ठा नाघ्दै गएको बताएका छन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार पूर्वराजाहरुभन्दा पनि ठूलो निरंकुश बनिसकेको बताए ।

राजाहरुको शाषण र अहिलेको नेकपाको शाषणमा कुनै फरक छैन्’ नेता खाँडले सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा भने, “चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमण र तनहुँमा आफ्नै पार्टीका नेता डा. मिनेन्द्र रिजालमाथि भएको आक्रमणको प्रयास यसको नमूना हो ।”

‘सबैको विचारसँग सबै सहमत हुन सक्दैनन्’ खाँडले भने, “ज्ञानेन्द्र शाहीको विचारसँग हामी सहमत नहुँदैमा बोल्नै नदिने ?, कार्यक्रमै गर्न नदिने ? अनि कुटपिटसम्म गराउने ? यो कस्तो लोकतन्त्र, गणतन्त्र हो ?”

आफ्नो विचार पनि व्यक्त गर्न नदिने ओली सरकार पूर्व राजाको शासन कालका मण्डले जस्तो भएको उल्लेख गरे ।

उनले तनहुँमा आफ्ना नेता डा. मिनेन्द्र रिजालमाथि भएको आक्रमणको प्रयास घटनाको बिरोध जनाए । यो गतिविधीले ओली नेतृत्वको सरकार निरंकुश बन्दै गएको प्रष्ट छ’ उनले भने ।

खाँडले नेकपाले चिनियाँ कम्युनिष्ट विचार धारा नेपालमा ल्याउन खोजेकोमा आपत्ति जनाउँदै भने, “यो विचारधारा नेपालीले स्वीकार गर्न सक्दैन् ।”

चीनमा मानवअधिकार पनि नभएको, प्रेस स्वतन्त्रता पनि नभएको अवस्था रहेकाले नेपाली जनताले सी विचारधारा कदापी नस्वीकार्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?