+
+
Shares

सुरक्षित गर्भपतन कहाँ गर्ने ? ५२ प्रतिशत महिलालाई थाहै छैन

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १८:३६

काठमाडौं । नेपालमा ५२ प्रतिशत महिलालाई सुरक्षित गर्भपतनको सेवा कहाँ पाइन्छ भन्नेसमेत जानकारी नरहेको पाइएको छ । राजधानीमा आइतबार र सोमबार दुई दिन आयोजित स्वास्थ्य सम्बन्धी एक छलफलम यस्तो तथ्यांक पेश भएको हो ।

युथ एक्सन नेपालको आयोजनामा भएको छलफल कार्यक्रममा आइतबार ३० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने सोमबार ५० भन्दा बढी संघसंस्था, सरकारी निकायको पदाधिकारीसँग भएको हो ।

कार्यक्रममा एफडब्लुएलडीका नवीन श्रेष्ठले सुरक्षित गर्भपतन गर्नको लागि सबै युवाहरुले जनचेतना फैलाउनुपर्ने बताए । उनले हाल पनि सुरक्षित गर्भपतन गराउन समाजको लाज, डर र आर्थिकरुपमा सबल नहुँदा समस्या रहेको सुनाए । उनले भने, ‘गर्भपतन मौलिक अधिकार भए पनि यसको प्रयोग गर्न ऐन, नियम बाझिँदा धेरै समस्या छ र यसको कार्यान्वयन पनि फितलो रहेको छ ।’

त्यस्तै कार्यक्रममा युथ एक्सन नेपालकी रुपा उप्रेतीले गर्भपतनको कुरा गर्दै यसको गोपनियतालाई विशेष ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, ‘गर्भपतन गरेको सबै रजिष्टार देखाउन मिल्दैन तर स्वास्थ्य संस्थामा यति जनाले सेवा लिए भनेर तथ्यांक दिन मिल्छ ।’

त्यस्तै कार्यक्रममा हालसम्म नेपालमा लिंगको पहिचान गरेर गर्भपतन गरेको एउटा पनि मुद्दा नपरेको जानकारी दिइएको हो । ऐन बने पनि नियमावली नहुँदा धेरै समस्या भएको कार्यक्रममा उपस्थित रहेका वकिलहरुले जनाएका थिए ।

त्यस्तै यसको कार्यान्वयनका लागि स्थानीय तहमा अबको लबिङ त्यतातिर हुनुपर्ने कार्यक्रममा उपस्थितिहरुको धारणा रहेको थियो । त्यस्तै यसको समस्या युवामा कस्तो-कस्तो छ ? अब के गर्नुपर्छ ? अपांगमैत्रीको लागि कस्तो समस्या छ यी र यस्तै विषयमा पनि छलफल भएको थियो । ऐन, प्राधानमा के छ ? कसरी एड्भोकेसी गर्ने ? कसरी स्थानीय स्तरमा लान सकिन्छ ? भन्ने विषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा यौनिकता शिक्षाको विषयलाई अनिवार्य बनाइनु पर्ने युवाहरुको धारणा रहेको थियो । त्यस्तै सेनेटरी प्याडलाई सबै स्थानीय तहमा निःशुल्क पाउने कुरा सकारात्मक भएको बताएका थिए ।

कार्यक्रममा मुलुकी अपराध संहितामा जहिल्यै सुकै गर्भपतन गर्न सक्ने भन्ने रहेको भन्दै ऐनमा बाँझिएको जनाए । त्यस्तै पितृसतात्मक सोच भएकाले मानसिक रुपमा नै परिवर्तन गर्नुपर्ने सबैको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?