+
+
Shares

बिक्रीमा भेडा च्यांग्रा (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ असोज १७ गते १४:१७

१७ असोज, काठमाडौं । हरेक वर्ष दशैंका लागि काठमाडौं उपत्यकामा ठूलो संख्यामा खसी, बोका, भेडा च्यांग्रा भित्र्याइन्छ ।

दशैंमा मासु खाने संस्कार नै भइसकेकोले सरकारले समेत च्यांग्रा बिक्री गर्ने गरेको छ । तर, त्यो प्रयाप्त नहुने भएकोले निजी क्षेत्रबाट ठूलो मात्रामा खरिद बिक्री हुन्छ ।

यो समय काठमाडौं, ललितपुर र भक्तपुरका बिभिन्न स्थानबाट भेडा, च्यांग्रा र खसीबोकाको बिक्री भइरहेको छ ।

उपत्यकामा अरु समयमा च्यांग्रा कमै उपलब्ध हुने भएकोले यो दशैंको बेला च्यांग्राको ब्यापार बढी हुने गरेको छ ।

भक्तपुरको सल्लाघारीबाट पनि ठूलो संख्यामा भेडा च्यांग्राको बिक्री भइरहेको छ । सोही ठाउँबाट खसीबोकासमेत बिक्री गरिएको छ ।

जिउँदो च्यांग्रा प्रतिकिलो ७३० देखि ७५० सम्म बिक्री भइरहेको छ ।

सल्लाघारीमा बिक्रीका लागि राखिएका भेडा र च्यांग्राहरू –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?