
१८ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण दशैं लगत्तै हुने भए पनि कुन दिन काठमाडौं आइपुग्छन् भन्ने औपचारिक घोषणा भएको छैन । तर, उनको स्वागतमा काठमाडौंलाई चिटिक्क बनाउने काम धमाधम भइरहेको छ ।
काठमाडौंको सडक कालोपत्रे गर्ने, धुलो बढार्ने, सडकपेटीमा रंगरोगन गर्ने लगायतका काम धमाधम भइरहेका छन् । मध्यरातमा सडकमा कालोपत्रे बिछ्याउने चटारोसमेत सरकारलाई यहीबेलामा परेको छ ।
आम नेपाली नागरिकहरु दशैंमा रमाइरहका बेला पनि काठमाडौं सिँगार्ने काम रोकिएको छैन । शनिबार फूलपातिको दिन पनि नयाँ बानेश्वर क्षेत्रमा सडकपेटी तथा भित्ताहरु रंगाउने, फ्लेक्स बोर्डहरु राख्ने काममा मजदुरहरुलाई खटाइएको छ ।
बेला बेलामा अन्तरराष्ट्रिय पाहुनाहरु नेपाल भ्रमणमा आउँदा काठमाडौंलाई यसैगरी सिँगारेर चिटिक्क बनाउने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4