+
+
Shares

दशैंघरमा फूलपाती भित्र्याइयो, हेर्नुस् १३ तस्वीर

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ असोज १८ गते २०:०८

१८ असोज, काठमाडौं । हनुमानढोका दरबारस्थित दसैंघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारले पठाएइको फूलपाती हर्ष बडाइका साथ भित्र्याइएको हो ।

गोरखा दरबारले विहान साढे सात बजे बाजागाजासहित डोलीमा राखेर निकालिएको थियो । दरबारका भित्रिया सुसारे लिलाबहादुर बोहराकाअनुसार फूलपाती चौतारासम्म बोकेर लगिनेछ भने त्यहाँबाट गाडीमा पठाइएको थियो ।

पहिले धादिङको जिवनपुर, नुवाकोट हुँदै हिँडेर फूलपाती हनुमानढोका पुर्‍याउने प्रचलन थियो । वि. सं. २०६६ सालदेखि भने मोटरवाटोको प्रयोग गर्न थालिएको गोरखा दरबार हेरचाह अड्डाका रामेश्वर कट्टेल बताउँछन् ।

गोरखाको फूलपाती हनुमानढोका भित्र्याएपछि मात्र दशैं घरको सुरुवात हुने धार्मिक विश्वास छ ।

गोरखाबाट पठाएको फूलपाती वैदिक विधिअनुसार हनुमानढोका दरबारमा भित्र्याउने चलन छ ।

हनुमानढोकामा फूलपाती भित्र्याउँदा नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा हर्ष बडाइ गरेको थियो ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?