+
+
Shares

हिरासतमा महरा लागूऔषध कारोबारीसँगै

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २० गते २०:२३

२० असोज, काठमाडौं । मुलुकभर दशैंको रौनक छाएका बेला निर्वतमान सभामुख कृष्णबहादुर महरा प्रहरीको हिरासतमा पुगे । बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेर उनलाई सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।

सिंहदरबार वृत्तमा दुई वटा हिरासत कक्ष छन् । एउटा कक्षमा पुरुष र अर्कोमा महिलाहरुलाई राखिन्छ । महरा पुरुष हिरासत कक्षमा अन्य अभियुक्तसँगै बसिरहेका छन् । सो कक्षमा लागूऔषध कारोवारी र ठगीका अभियुक्तहरुसँगै उनलाई राखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

हिरासतको सुरक्षार्थ खटिएका अधिकृतहरुका अनुसार महरा उदास र मौन देखिएका छ । सोमबार दिउँसो हिरासत कक्षको सीसी टीभीमा हेर्दा उनी सुतिरहेका थिए ।

अधिकृतहरुका अनुसार उनले केही बेर पुस्तक पनि पढे । उनलाई प्रहरी अधिकृतका लागि बनाइएको खाना दिइएको छ । वीर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा ‘ब्लड प्रेसर हाइ’ देखिएपछि उनलाई नुन र अमिलो कम हालेको खान पहिल्यै झिकिन्छ ।

स्वास्थ्यमा समस्या नआओस् भनेर एक जना चिकित्सक पनि तैनाथ राखिएको छ । श्वासप्रश्वासमा असहज हुन सक्ने भएकाले अक्सिजन पनि तयारी अवस्थामा राखिएको छ ।

लामखुट्टेको समस्या नहोस् भनेर धुपको पनि व्यवस्था गरिएको प्रहरी स्रोत बताउँछ । स्वास्थ्यका कारण उनलाई छुट्टै कोठामा एक्लै राख्ने विषयमा छलफल भइरहेको स्रोतको दाबी छ ।

कोको आए भेट्न ?

दशैंका कारण देशभरका प्रहरी कार्यालय सुनसान भएका बेला महानगरीय प्रहरी वृत्त सिंहदरबारमा भने बाक्लो चहलपहल छ । नहोस् पनि किन ? बलात्कार प्रयासको आरोप लागेपछि मुलुकको चौथो वरियताको सभामुख पदबाट राजीनामा दिएका महरा यहाँ कैद छन् ।

जिल्ला अदालत, काठमाडौंले आइतबार दिउँसो पक्राउ गर्न अनुमति दिएपछि साँझ बालुवाटारस्थित सरकारी निवासबाटै काठमाडौं प्रहरी परिसर र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले महरालाई परिवारलाई मात्र भेट्न खुला गरेको छ । उनलाई भेट्न खोज्दै शुभचिन्तक बाक्लै आइरहेका छन् । अधिकांश उदास भएर फर्कन्छन् ।

‘उहाँ आफैंले पनि कोहीसँग पनि बोल्न त्यति रुचि देखाउनु भएको छैन’, एक प्रहरी अधिकृत भन्छन्, ‘परिवारका सदस्य चाहिँ वेलावेला खाना लिएर उनलाई भेट्न जान्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?