+
+
Shares

प्रधानमन्त्रीले आज ४ देखि ७ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २१ गते १२:४१

२१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् ।

ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आफूले पिताको हातबाट टिका ग्रहण गरेपछि उनले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवकलाई टीका लगाइदिनेछन् ।

त्यसपछि पार्टी कार्यकर्ता र सर्वसाधारणलाई टिका लगाइदिने तयारी छ । प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम मंगलबार मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?